यी हुन् क्रिसमसको अवसरमा प्रदर्शनमा आएका ६ सफल चलचित्रहरु
एजेन्सी । बलिउड यस्तो उद्योग हो यसको बजार विश्वस्तरसम्म फैलिएको छ । यहाँ हरेक बिशेष पर्वका र विदाका दिन पारेर चलचित्रको प्रदर्शन गर्ने गरिन्छ। आज हामी बलिउडका केहि यस्ता चलचित्रका बारेमा कुरा गर्न जादैछौं जुन 'क्रिसमस डे' को अवसरमा रिलिज भई दर्शकहरुको अपार मायाले बक्स अफिसमा सफल हुन पुगेको छ।
पिके
सन् २०१४ मा प्रदर्शनमा आएको आमिर खान अभिनित चलचित्र पिके क्रिसमसको अवसरमा प्रदर्शनमा आएको थियो । चलचित्रले बक्स अफिसमा शानदारको कमाई पनि गर्न सफल भएको थियो। १९ डिसेम्बरमा प्रदर्शनमा आएर्को उक्त चलचित्रमा अनुष्का शर्मा, आमिर खान, सुशान्त सिंह राजपुत लगायतका कलाकारहरुको मुख्य अभिनय रहेको थियो ।
दिलवाले
रोहित शेत्टी निर्देशित चलचित्र दिलवाले पनि बक्स अफिसमा सफल चलचित्र हो। २०१५ को क्रिसमसको अवसरमा प्रदर्शनमा आएको चलचित्रले उक्त समय १ सय ५० करोड भन्दा माथिको व्यापार गरेको थियो। यसमा शाहरुख़ ख़ान, काजोल, वरुण धवन र कृति सैनन लगायतका कलाकारहरुको मूख्य अभिनय रहेको थियो।
दंगल
आमिर खानद्वारा अभिनित चलचित्र दंगल पनि २०१६ मा क्रिसमसको अवसरमा प्रदर्शनमा आएको चलचित्र हो । यसले बक्स अफिसमा शानदारको कमाई गरेको थियो यति मात्र होइन चलचित्रले देशभरबाट राम्रो व्यापार गर्यो जसको रेकर्ड आजसम्म कुनै पनि चलचित्रले तोड्न सकेको छैन।
टाइगर जिन्दा हैं
सलमान खान र कट्रिना कैफ अभिनित चलचित्र 'टाइगर जिन्दा हैं' पनि क्रिसमसको अवसरमा प्रदर्शनमा आएको थियो। चलचित्रले देशभरबाट ३ सय करोड भन्दा माथिको कमाई गर्न सफल भएको थियो।
सिम्बा
एक्सन डाइरेक्टर रोहित शेत्टीको चलचित्र सिम्बा पनि गत वर्ष क्रिसमसमा प्रदर्शनमा आएको चलचित्र हो । रणवीर सिंह र आलिया भट्ट निर्देशित चलचित्रले पनि राम्रो व्यापार गर्न सफल भएको थियो।
दबंग ३
डिसेम्बर २० देखि प्रदर्शनमा आएको सलमान खान अभिनित चलचित्र 'दबंग ३' ले सिनेमा हलहरुमा राम्रो प्रदर्शन गरिरहेको छ । चलचित्रले प्रदर्शनको ५ दिनभित्रै सय करोडको आंकडा पार गरिसकेको छ ।
क्रिसमस डे चलचित्र प्रदर्शन