खेल

पीपीएलः इलिमिनेटर खेलमा धमलाको अर्धशतक

पीपीएलः इलिमिनेटर खेलमा धमलाको अर्धशतक

काठमाडौंः पोखरा प्रिमियर लिग (पीपीएल) अन्तर्गत फाइनल प्रवेशका लागि बुटवल ब्लास्टर्सविरुद्ध भइरहेको खेलमा विराटनगर टाइटन्सका ओपनर सुनिल धमलाले अर्धशतक पूरा गरेका छन् । उनले २ छक्का र ४ चौका प्रहार गर्दै ४८ बलमा अर्धशतक पूरा गरेका हुन् ।

जारी पीपीएल संस्करणमा धमालाको यो पहिलो अर्धशतक हो । विराटनगरले आज टस हारेर ब्याटिङ गरिरहेको छ । यो समाचार तयार पार्दासम्म विराटनगरले १६ ओभरमा २ विकेट गुमाएर १ सय २० रन बनाएको छ ।

आजको विजेता टिमले उपाधिका लागि शनिबार चितवन राईनोजसँग भिड्ने छ । लिग चरणको अन्तिम खेलमा बुटवललाई हराउँदै विराटनगर तेस्रो स्थानमा रहँदै ईलिमिनेटर राउण्डमा प्रवेश गरेको हो । बुटवल लिग चरणको एक खेल अगाडि नै दोस्रो स्थानमा रहँदै ईलिमिनेटर राउण्डमा छनोट भइसकेको थियो ।

तेस्रो स्थानमा रहँदै विराटनगर छनोट हुँदा नेट रनरेटका आधारमा काठमाडौं गोल्डेन प्रतियोगिताबाट बाहिरिन पुग्यो । लिग चरणमा प्रदीप ऐरी नेतृत्वको विराटनगरले पोखरा पल्टन र बुटवललाई पराजित गर्न सफल रह्यो ।

पीपीएल अर्धशतक पोखरा प्रिमियर लिग इलिमिनेटर खेल बुटवल ब्लास्टर्सविरुद्ध विराटनगर टाइटन्स सुनिल धमला

विशेष