खेल

बीबीएलः राशिद खानको टिमविरुद्ध खेल्दै सन्दीपको मेबलर्न स्टार्स

बीबीएलः राशिद खानको टिमविरुद्ध खेल्दै सन्दीपको मेबलर्न स्टार्स

काठमाडौंः अष्ट्रेलियामा जारी बिग बास लिग (बीबीएल) अन्तर्गत आज नेपाली लेग स्पिनर सन्दीप लामिछानेआवद्ध मेलबर्न स्टार्सले आफ्नो तेस्रो म्याच खेल्दै छ । मेबलर्नले आफ्नो तेस्रो म्याचमा राशिद खान सम्मिलित एडिलेट स्टाइकर्सको सामना गर्न लागेको हो ।

मेलबर्न–एडिलेटबीचको खेल आज दिउँसो १ः५५ बजेदेखि सुरु हुँदैछ । मेलबर्नले यसअघि खेलका २ खेलमै जित हासिल गरेको छ । उसले पहिलो खेलमा ब्रिसबेन हिटलाई २२ रनले हराउँदै विजयी सुरुवात गरेको थियो । दोस्रो खेलमा मेलबर्नले होबार्ट हरिकेन्सलाई ५२ रनले पराजित गर्न सफल भयो ।

जारी सिजनमा सन्दीपले २ खेलमा २ विकेट लिएका छन् । पहिलो खेलमा उनले पूरा ४ ओभरमा ३८ रन दिएर १ विकेट लिएका थिए । दोस्रो खेलमा भने सन्दीपले ३ ओभर बलिङ गर्दा १८ रन दिएर महत्वपूर्ण १ विकेट लिए ।

सुरुवातका २ खेलमा प्लेइङ ११ मा मौका पाएका सन्दीपले आज पनि मौका पाउने सम्भावना बलियो छ ।मेलबर्नले सन्दीपलाई आजको खेलका लागि सार्वजनिक गरेको १३ सदस्यीय टिममा पनि समावेश गरेको छ ।

बिग बास लिग बीबीएल सन्दीप लामिछाने मेलबर्न स्टार्सविरुद्ध एडिलेट स्टाइकर्स

विशेष