स्वास्थ्य

धूमपान तथा सुर्तीजन्य पदार्थमा प्रतिव्यक्ति वार्षिक साढे १२ हजार खर्च

धूमपान तथा सुर्तीजन्य पदार्थमा प्रतिव्यक्ति वार्षिक साढे १२ हजार खर्च

काठमाडौँ। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले सार्वजनिक गरेको एक अध्ययन प्रतिवेदनअनुसार धूमपान तथा खैनी एवं गुट्खा सेवन गर्ने व्यक्तिले वार्षिक साढे १२ हजार खर्च गर्ने गरेका छन् । परिषद्का अध्यक्ष डा. अञ्जनीकुमार झाका अनुसार धूमपान गर्ने व्यक्तिले मासिक औसत एक हजार ५० रूपैयाँ चुरोटमा खर्च गर्ने गरेको छ ।

कसले कुन चुरोट सेवन गर्छ र दिनमा कति खिली खान्छ जस्ता प्रश्नका आधारमा सरदर मासिक एक हजार ५० रुपैयाँभन्दा बढी खर्च गर्ने देखिएको हो । यसैलाई आधार मान्दा औसतमा एक व्यक्तिले वार्षिक चुरोटमा १२ हजार ६ सय खर्च गर्ने गर्छ ।

अध्ययनअनुसार पहिलोपटक धूमपान गर्ने नेपालीको औसत उमेर १८ वर्ष छ  । परिषद्ले सर्वेक्षणका क्रममा सातवटै प्रदेशबाट पाँच हजार पाँच सय ९३ जनालाई सहभागी गराएको थियो । परिषद्को स्टेप्स सर्वे हरेक पाँच वर्षमा हुन्छ । यस्तै, प्रतिवेदन्अनुसार ७२.२ प्रतिशतले कहिल्यै मध्यपान नगरेको बताएका थिए ।

परिषद्ले १५ देखि ६९ वर्ष उमेर समूहका व्यक्तिलाई अध्ययनमा सहभागी गराएको थियो । परिषद्ले फेब्रुअरीदेखि मे ०१९ सम्म सर्वेक्षण गरेको थियो । परिषद्का अनुसन्धानकर्ता डा. मेघनाथ धिमालका अनुसार कुल जनसंख्यालाई अध्ययनको नतिजाले प्रतिनिधित्व गर्दैन । यो वयस्कमा आधारित अनुसन्धान हो । मद्यपान नगर्ने पुरुषको संख्या ५६ प्रतिशत छ भने महिलाको ८६ प्रतिशत छन् । नया पत्रिकिआ दैनिकमा खबर प्रकाशित छ। 

धुमपान तथा सुर्तीजन्य पदार्थ

विशेष