१३औँ सागः तेक्वान्दोमा गोविन्द आलेले नेपाललाई दिलाए स्वर्ण

काठमाडौंः १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत तेक्वान्दोमा नेपालका गोविन्द बहादुर आलेले स्वर्ण पदक जितेका छन् ।
गोविन्दले पुम्सेको ५८ केजीमा स्वर्ण जितेका हुन् । यस्तै कमल श्रेष्ठले पुम्सेको पुरुष एकलतर्फ स्वर्ण जितेका छन् । तेक्वान्दोतर्फ नै पुम्सेको १७ देखि २३ उमेर समूहमा कृष्णबहादुर तामाङले रजत जितेका छन् ।
साग स्वर्ण पदक तेक्वान्दो गोविन्द बहादुर आले