बिपिन कार्की स्टारर 'गोपी' युट्युब ट्रेन्डिङमा

काठमाडौं । दीपेन्द्र लामा निर्देशित चलचित्र ‘गोपी’ सामाजिक सञ्जाल युट्युबको ट्रेन्डिङ नम्बर वानमा परेको छ।
युट्युबमा राखिएको तीन दिनमा ‘गोपी’ नेपाल ट्रेन्डिङको पहिलो नम्बरमा परेको छ । ओएसआर मुभिजको औपचारिक युट्युब च्यानलबाट अपलोड गरिएको चलचित्रलाई अहिलेसम्म १४३ लाखभन्दा बढीले हेरेका छन्।
विपिन कार्की, सुरक्षा पन्त, वर्षा राउत, भोला सापकोटा र अंकित खड्का लगायतका कलाकारले अभिनय रहेको चलचित्रलाई शैलेन्द्र डी कार्कीले खिचेका थिए।
गोपी