खेल

सीनाले तेक्वान्दोमा नेपाललाई दिलाइन् स्वर्ण

सीनाले तेक्वान्दोमा नेपाललाई दिलाइन् स्वर्ण

काठमाडौंः नेपालमा जारी १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत तेक्वान्दोमा नेपाली खेलाडी सिना मादेन लिम्बूले स्वर्ण पदक जितेकी छिन् । सिनाले १७ देखि २३ वर्ष महिला उमेर समूहको स्पर्धामा स्वर्ण जितेकी हुन् ।

उनले ८.१५० अंक जोड्दै स्वर्ण हात पारिन् । भारतकी रुपा बयोरले ८.१३० अंक जोड्दै रजत तथा श्रीलंकाकी मेन्डिस नामुन्नीले ७.९६० अंक जोड्दै कास्य पदक जिते । त्यसअघि भएको पुरुष २९ वर्ष माथिको समूहमा नेपालका रेजिन रिमाल चौथो भए । उक्त स्पर्धामा बंगलादेशका दीपू चक्माले स्वर्ण जितेका थिए ।
 

साग सिना मादेन लिम्बू

विशेष