खेल

टेष्ट सिरिजः न्यूजिल्याण्डविरुद्ध ट्रभिस हेडले बनाए शतक

टेष्ट सिरिजः न्यूजिल्याण्डविरुद्ध ट्रभिस हेडले बनाए शतक

काठमाडौंः न्यूजिल्यान्ड विरुद्धको बक्सिङ डे टेष्टमा अष्ट्रेलिया टिमका ट्रभिस हेडले शतक बनाएका छन् । उनले २ सय २२ बलमा १० चौका हिर्काउँदै शतक बनाएका हुन् । टेष्टमा हेडको यो दोस्रो शतक हो । मेलबर्न क्रिकेट मैदानमा टस हारेर ब्याटिङको मौका पाएको घरेलु टोली अष्ट्रेलियाले पहिलो दिन ४ विकेट गुमाएर २५७ रन बनाएको थियो । हेडको शतकसँगै पहिलो टेष्टमा अष्ट्रेलिया बलियो स्थितिमा रहेको छ ।

उसले यो समाचार तयार पार्दासम्म १५१ ओभरमा ७ विकेट गुमाएर ४ सय ५४ रन बनाएको छ ।अष्ट्रेलियाका लागि ट्रभिस हेड १ सय १२ र जेम्स प्याटिनसन ४ रन बनाएर खेलिरहेका छन् ।अष्ट्रेलियाका लागि स्टिभ स्मिथले ८५, कप्तान टिम पेनले ७९, मार्नुस लाबुसेनले ६३, डेबिड वार्नरले ४१, म्याथ्यु वेडले ३८, मिचेल स्टार्कले १ रन बनाएर आउट भइसकेका छन् ।

टिमका ओपनर जोए बर्नसले भने खाता खोल्न सकेनन् । बर्नसलाई ट्रेन्ट बोल्टले पवेलियनको बाटो देखाएका थिए । बलिङमा नील वाग्नरले ३, कोलिन डी ग्रान्डहोमले २, ट्रेन्ट बोल्ट र टिम साउथीले एक–एक विकेट लिइसकेका छन् ।

टेष्ट सिरिज ट्रभिस हेड बक्सिङ डे टेष्ट

विशेष