खेल

कराँतेको टिम कातामा पनि नेपाललाई स्वर्ण

कराँतेको टिम कातामा पनि नेपाललाई स्वर्ण

काठमाडौंः १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत नेपाली कराँते सिनियर पुरुष टिम कातामा पनि नेपालले स्वर्ण जित्न सफल भएको छ । नेपाली टोलीका मन्डेकाजी श्रेष्ठ, महशुस तामाङ, प्रविन मानन्धरले स्वर्ण जितेका हुन् ।

यसअघि मन्डेकाजी श्रेष्ठले कराँतेको व्यक्तिगत काता विधामा स्वर्ण जित्दै नेपाललाई पहिलो स्वर्ण दिलाएका थिए ।

नेपाली टोलीले फाइनलमा २५.५४ अंक प्राप्त गर्‍यो । यस्तै श्रीलंकाले २५.२८ अंक पायो । त्यसअघि समूह चरणमा नेपाली टोलीले २५.१५ अंक ल्याउँदै फाइनल यात्रा तय गरेको थियो । अर्को समूहमा श्रीलंकाले २३.२२ अंक ल्याउँदै नेपालसँगको भेट पक्का गरेको थियो ।

यस्तै समूह चरणमा पाकिस्तानले २३.२ अंक र बंगलादेशले २४.८८ अंक ल्याएको थियो । योसँगै नेपालले ७ वटा स्वर्ण हात पारेको छ । सागका खेलहरु जारी छन्। खेल जनकपुर, पोखरा र काठमाडौंमा मंसिर २४ गतेसम्म चल्नेछ ।

नेपालले यसपटक ५० स्वर्ण जित्ने लक्ष्य बनाएको छ ।१२ औं सागमा नेपालले ३ स्वर्ण जित्न सफल भएको थियो ।

कराँते साग नेपाली कराँते सिनियर पुरुष टिम

विशेष