मनोरञ्जन

जन्मदिन बिशेष: आजबाट ५४ बर्षमा लागे सलमान

जन्मदिन बिशेष: आजबाट ५४ बर्षमा लागे सलमान

एजेन्सी ।  बलिउड दबंग खान यानी सलमान खान आज २७ डिसेम्बरमा आफ्नो ५४ औं जन्मदिन मनाईरहेका छन । बिहीबार राती साहिल खानको घर बन्द्रामा सलमानले स-परिवार सहित केक काटेका हुन्।  

सलमानले केक काटेको तस्बिर र भिडियो यतिखेर सामाजिक संजालमा भाईरल भईरहेको छ ।  जहा सलमानका पिता सलिम खान, बहिनी अर्पिता सहित अन्य नातेदार तथा चलचित्रकर्मीहरु देखिएका छन।   

कामको कुरा गर्दा सलमान खान अभिनित चलचित्र 'दबंग ३' यतिखेर चलचित्र हलहरुमा प्रदर्शन भईरहेका छन । जसले रिलिज भएको एक हप्ता नबित्दै १ सय करोडको आंकडा पार गरेको  छ।  चलचित्रमा सोनाक्षी सिन्हा, सई मंजेकर लगायतको समेत अभिनय रहेको छ ।  यसका अलावा सलमान यतिखेर राधे, मस्ट वान्टेड लगायतका चलचित्रको सुटिंगमा समेत व्यस्त रहेका छन ।    

सलमान खान जन्मदिन

विशेष