मुख्य समाचार

प्रतिनिधिसभाको बैठक स्थगित, अर्को बैठक पुस १६ गते

प्रतिनिधिसभाको बैठक स्थगित, अर्को बैठक पुस १६ गते

काठमाडौंः सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सभामुखको उम्मेदवारमा सहमति जुटाउन नसक्दा प्रतिनिधिसभाको निर्धारित बैठक स्थगित भएको छ । शुक्रबार १ बजेका लागि कार्यसूची समेत तय भइसकेको बैठक सूचना टाँसेर ६ दिनका लागि स्थगित भएको हो । अर्को बैठक पुस १६ गतेका लागि बोलाइएको छ ।

सत्तारुढ नेकपामा सभामुख कसलाई बनाउने भन्नेमा विवाद छ । नेकपा अध्यक्ष पुष्पकमल ‘प्रचण्ड’ बिहीबार चितवनबाट आउने र सभामुखको टुंगो लगाउने भनिएको थियो । तर प्रचण्डले काठमाडौं फर्किने कार्यक्रम रद्द गरेपछि पार्टीमा छलफल हुन पाएन ।

शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष प्रचण्डबीच सभामुखबारे छलफल हुने नेकपा स्रोतले जनाएको छ । दुई अध्यक्षबीच सभामुख कसलाई बनाउने भन्नेमा मतैक्य हुन सकेको छैन । प्रचण्डले सभामुख पार्टी एकीकरणअघि नै माओवादीले पाएकाले अबको सभामुख आफैंले प्रस्ताव गर्ने अडान राखेका छन् ।
 

नेकपा सभामुख प्रतिनिधिसभा बैठक बैठक स्थगित

विशेष