खेल

बिग बास लिगः राशिद खानको टिमविरुद्ध बलिङ गर्दै सन्दीपआवद्ध मेलबर्न

बिग बास लिगः राशिद खानको टिमविरुद्ध बलिङ गर्दै सन्दीपआवद्ध मेलबर्न

काठमाडौंःअष्ट्रेलियामा जारी बिग बास लिग (बीबीएल) अन्तर्गत राशिद खान सम्मिलित एडिलेट स्टाइकर्सविरुद्ध सन्दीप लामिछानेआवद्ध मेलबर्न स्टार्सले टस जितेर बलिङ रोजेको छ । एडिलेट–मेलबर्नबीचको खेल नेपाली समयअनुसार १ः५५ बजेदेखि सुरु हुँदैछ ।

आजको खेलमा पनि सन्दीपले प्लेइङ ११ मा मौका पाएका छन् । मेलबर्नले आज २ खेलाडी परिवर्तन गरेको छ । उसले नाथन कुल्टर–नाइल र डेल स्टेनलाई प्लेइङ ११ मा समावेश गरेको हो ।  मेलबर्नले यसअघि खेलका २ खेलमै जित हासिल गरेको छ ।

उसले पहिलो खेलमा ब्रिसबेन हिटलाई २२ रनले हराउँदै विजयी सुरुवात गरेको थियो । दोस्रो खेलमा मेलबर्नले होबार्ट हरिकेन्सलाई ५२ रनले पराजित गर्न सफल भयो ।

जारी सिजनमा सन्दीपले २ खेलमा २ विकेट लिएका छन् । पहिलो खेलमा उनले पूरा ४ ओभरमा ३८ रन दिएर १ विकेट लिएका थिए । दोस्रो खेलमा भने सन्दीपले ३ ओभर बलिङ गर्दा १८ रन दिएर महत्वपूर्ण १ विकेट लिए । 

बिग बास लिग बीबीएल मेलबर्न स्टार्स सन्दीप लामिछाने

विशेष