मुख्य समाचार

काठमाडौंको तापक्रम यो वर्षकै कम, ०.६ डिग्री

काठमाडौंको तापक्रम यो वर्षकै कम, ०.६ डिग्री

काठमाडौंः आज काठमाडौं उपत्यकाको तापक्रम यस वर्षको कम रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार काठमाडौं उपत्यकाको तापक्रम शनिबार बिहान ० दशमलब ६ डिग्री सेल्सियस मापन भएको छ । यसअघि उपत्यकाको न्यूनतम तापक्रम ० दशमलव ९ डिग्री सेल्सियस मापन भएको थियो ।

उपत्यकामा अहिले हुस्सु र कुहिरो लागेको छ। दिउँसो बिस्तारै हट्दै जाने महाशाखाकी मौसमबीद् गंगा नगरकोटीले जानकारी दिइन् । काठमाडौ उपत्यकासहित धेरैजसो भागमा पहाडी भू–भागमा अहिले हुस्सु र कुहिरो लागेको छ । तराईका  अधिकांश भेगका अहिले बाक्लो हुस्सु र कुहिरो लाग्दा जनजीवन कष्टकर बनेको छ ।

सडकमा यातायात सञ्चालनमा समस्या भएको छ भने हवाई उडान पनि प्रभावित भएका छन् । चिसोबाट विषेश गरी वृद्धवृद्धा, बालबालिका र बिरामी बढी प्रभावित हुने भएकाले खानपान र जीवनशैलीमा ध्यानदिन चिकित्सकले सुझाव दिएका छन् । 

जल तथा मौसम विज्ञान विभाग काठमाडौं

विशेष