चिसो बढेपछि कैलाली घोडाघोडीमा विद्यालय बन्द
कैलाली । चिसो अत्यधिक बढेपछि कैलालीको घोडाघोडी नगरपालिकाले तीन दिन विद्यालयमा बिदा दिने निर्णय गरेको छ । अत्यधिक चिसो बढेकाले पठनपाठनमा समस्या हुँदा नगरपालिकाको समन्वयमा शिक्षासँग सम्बद्ध पदाधिकारी र प्रधानाध्यापकहरुको आज बसेको बैठकले पौष १४ गते देखि १६ गतेसम्मका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
मौसम प्रतिकूल भएकाले विद्यालययको सञ्चित बिदाबाट घटाउने गरी तीन दिन नगर भित्रका सामुदायिक एवम निजी विद्यालय बन्द गर्ने निर्णय गरिएको घोडाघोडी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र बहादुर सिंहले जानकारी दिनुभयो ।