मुख्य समाचार

कस्तो छ काठमाडौंको तापक्रम आज?

कस्तो छ काठमाडौंको तापक्रम आज?

काठमाडौंः शनिबारको तुलनामा आइतबार काठमाडौं उपत्यकाको तापक्रम बढेको छ । आज आइतबारको तुलनामा उपत्यकाको न्यूनतम तापक्रम ०.४ डिग्री बढेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठले जानकारी दिए । 

आइतबार काठमाडौंको न्यूनतम तापक्रम ०.६ डिग्री सेल्सियस थियो भने आज थोरै बढेर १ डिग्रीमा उक्लिएको  महाशाखाकाले जनाएको छ । यो तापक्रम आज बिहान साढे ६ बजे मापन गरिएको हो ।

‘यो एकदमै थोरै मात्रा हो, यस्तो घटबढ सामान्य हो,’ मौसमविद् श्रेष्ठले भने । काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम पुनः पौने ९ बजे मापन गरिनेछ । अन्तर्राष्ट्रिय समयअनुसार यही समयको मापनलाई आजको वास्तविक न्यूनतम तापक्रम मानिन्छ । ‘८ः४५ मा मापन गर्दा केही प्वइन्ट तलमाथि पर्न सक्छ,’ मौसमविद् श्रेष्ठले भने ।

उनका अनुसार अहिले देशका सबैजसो तराई क्षेत्रमा बाक्लो हुस्सु लागेको छ । जसले जनजीवन कष्टकर बनाइरहेको छ । यस्तै पोखरादेखि पूर्व तथा काठमाडौं उपत्यकामा पनि अहिले बिहान हुस्सुरकुहिरो लागेको छ । तर यो घाम लागेसँगै हटेर जाने मौसमविद् श्रेष्ठले बताए । अहिले पहाडी क्षेत्रको मौसम सामान्यतया सफा रहेको मौसमविद्ले बताएका छन् ।  

काठमाडौं उपत्यका तापक्रम

विशेष