मुख्य समाचार

काठमाडौंको तापक्रम आज १ डिग्री, अन्य स्थानको कति?

काठमाडौंको तापक्रम आज १ डिग्री, अन्य स्थानको कति?

काठमाडौंः आइतबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १ डिग्री सेल्सियस रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दोस्रोपटक बिहान पौने ९ बजे गरिएको मापनमा काठमाडौंको न्यूनतम तापक्रम १ डिग्री देखिएको हो ।

आजै बिहान साढे ६ बजे मापन गरिएको काठमाडौंको तापक्रम यति नै देखिएको थियो । तर अन्तर्राष्ट्रिय मापदण्डअनुसार दोस्रोपटक अर्थात् बिहान ८ः४५ मा लिइएको तापक्रम नै आजको आधिकारिक न्यूनतम तापक्रम मानिन्छ । शनिबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ०.६ डिग्री सेल्सियस थियो । आज सबैभन्दा कम न्यूनतम तापक्रम जुम्लाको माइनस ५.५ (अर्थात्–५.५) छ । त्यसपछि दोस्रोमा काठमाडौं नै पर्छ ।

वीरेन्द्रनगरको २.४, दिपायल र ताप्लेजुङको समान २.६, डडेल्धुराको २.७, दाङको ३.५, पोखराको ३.७, ओखलढुंगाको ५.०, धनकुटाको ५.८, धनगढी र सिमराको समान ७.०, भैरहवाको ७.५, विराटनगरको ७.६ र सबैभन्दा बढी न्यूनतम तापक्रम नेपालगन्जको ८.० डिग्री सेल्सियस रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

मौसम पूर्वानुमान महाशाखा काठमाडौं उपत्यका

विशेष