खेल

बीबीएलः चौथो खेलका लागि मेलबर्नद्वारा टिम घोषणा, सन्दीपले पाए मौका?

बीबीएलः चौथो खेलका लागि मेलबर्नद्वारा टिम घोषणा, सन्दीपले पाए मौका?

काठमाडौंः अष्ट्रेलियामा जारी बिग बास लिग (बीबीएल) अन्तर्गत भोलि (सोमबार) हुने म्याचका लागि पनि नेपाली लेग स्पिनर सन्दीप लामिछाने टोलीमा अटाएका छन् । मेलबर्न स्टार्सले आज सार्वजनिक गरेको १३ सदस्यीय टोलीमा सन्दीप पनि अटाएका हुन् । मेलबर्नले चौथो म्याचका लागि पनि तेस्रो खेलमा खेलकै टिमलाई दोहोर्‍याएको छ ।

आफ्नो चौथोे खेलमा मेलबर्नले सोमबार होबार्ट हरिकेन्सविरुद्ध खेल्दै छ । मेलबर्न–होबार्ट विरुद्धको खेल दिउँसो १ः५५ बजेदेखि सुरु हुनेछ । जारी बीबीएल सिजनमा सन्दीपले ३ म्याच खेल्दा ३ विकेट लिएका छन् ।

पहिलो खेलमा ४ ओभर बलिङ गर्न पाएका सन्दीपले दोस्रो र तेस्रो म्याचमा भने ३–३ ओभर मात्र बलिङको मौका पाए । यो सिजनमा पनि मेलबर्नको कप्तानी ग्लेन म्याक्सवेलले सम्हाली रहेका छन् ।

होबार्टविरुद्ध लागि मेलबर्नले घोषणा गरेको टोली

बिग बास लिग सन्दीप लामिछाने बीबीएल मेलबर्न स्टार्स

विशेष