मुख्य समाचार

नेकपा सचिवालय बैठकः प्रदेश ३ को नाम वाग्मती, राजधानी हेटौँडा

नेकपा सचिवालय बैठकः प्रदेश ३ को नाम वाग्मती, राजधानी हेटौँडा

काठमाडौंः सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सम्पन्न भएको छ । स्रोतका अनुसार आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले सभामुखका उम्मेदवार र एमसीसीबारे केही पनि निर्णय गरेन । 

नेकपा सचिवालयले प्रदेश ३ को नाम वाग्मती र राजधानी हेटौँडा बनाउन निर्देशन दिएको छ । ३ नम्बर प्रदेश कमिटी र प्रदेशसभा दललाई सचिवालय बैठककोले  प्रदेशको नाम वाग्मती प्रदेश र राजधानी हेटौंडा राख्ने गरी निर्णय गर्न निर्देशन दिएको हो । 

नेकपाको गतसाता चलेको स्थायी समिति बैठकपछि पहिलो पटक सचिवालयको बैठक बसेकोले समसामयिक विषयमा र सभामुख चयनका विषयमा छलफल गर्ने नेताहरुले बताएका थिए । 

नेकपा नेकपा सचिवालय बैठक हेटौंडा वाग्मती

विशेष