खेल

एक खेल अगावै न्यूजिल्याण्ड विरुद्धको टेष्ट सिरिज अष्ट्रेलियालाई

एक खेल अगावै न्यूजिल्याण्ड विरुद्धको टेष्ट सिरिज अष्ट्रेलियालाई

काठमाडौंः न्यूजिल्याण्ड विरुद्धको टेष्ट क्रिकेट सिरिज अष्ट्रेलियाले एक खेल अगावै जितेको छ । दोस्रो टेष्टमा न्यूजिल्याण्डलाई २ सय ४७ रनले हराउँदै अष्ट्रेलियाले एक खेल अगावै सिरिज २–० ले जितेको हो ।

अष्ट्रेलियाले सिरिजको पहिलो खेल २ सय ९६ रनले जितेको थियो । दोस्रो खेलमा अष्ट्रेलियाले पहिलो इनिङ्समा ४ सय ६७ र दोस्रो इनिङ्समा १ सय ६८ रनमा बनाएको थियो ।

पहिलो इनिङ्समा अष्ट्रेलियाका लागि टर्भिस हेडले शतक बनाएका थिए । उनले २ सय ३४ बलमा १२ चौका प्रहार गर्दै १ सय १४ रन बनाए । यस्तै स्टिभ स्मिथले ८५, कप्तान टिम पेनले ७९, मार्नुस लेबासचेन्नीले ६३, डेबिड वार्नरले ४१, म्याथ्यू वेडले ३८, जेम्स प्याटिनसनले अविजित १४ रन बनाए ।

अष्ट्रेलियाका अन्य खेलाडीले भने पहिलो इनिङ्समा दोहोरो अंकमा रन जोड्न सकेनन् । बलिङमा न्यूजिल्याण्डका नील वाग्नरले ४, टिम साउथीले ३, कोलिन डीग्रान्डहोमले २ र ट्रेन्ट बोल्टले एक विकेट लिए । 

जवाफमा न्यूजिल्याण्ड पहिलो पारीमा १४८ रनमा समेटियो । उसका लागि टम लाथमले सर्बाधिक ५० रन बनाए । बलिङमा प्याट कुमिन्सले ५, जेम्स प्याटिनसनले ३ र मिचेल स्टार्कले एक विकेट लिए । दोस्रो इनिङ्समा १६८ रन जोडेपछि अष्ट्रेलियाले न्यूजिल्याण्डलाई ४ सय ८८ रनको लक्ष्य दिएको थियो ।

दोस्रो इनिङ्समा अष्ट्रेलियाका लागि डेबिड वार्नरले ३८, जो बर्न्सले ३५, मार्नुस लेबासचेन्नीले १९, म्याथ्यू वेडले अविजित ३० र ट्रभिस हेडले २८ र स्टिभ स्मिथले ७ रन बनाए । बलिङमा नील वाग्नरले ३ र मिचेल सान्टनरले एक विकेट लिए । 

दोस्रो इनिङ्समा पाहुना टोली न्यूजिल्याण्ड २ सय ४० रनमै अलआउट भयो । उसका लागि टम ब्लुन्डेलले १ सय २१ रनको योगदान गरे पनि अन्य खेलाडी सस्तैमा आउट भए । उसका हेनरी निकोलशले ३३, मिचेल स्टाननरले २७, बिजे वाटलिङले २२ रन बनाए ।

बलिङमा अष्ट्रेलियाका नाथन लायनले ४, जेम्स प्याटीनसनले ३ र  मार्नुस लेबासचेन्नीले एक विकेट लिए । जितसँगै अष्ट्रेलियाले ४० अंक प्राप्त गरेको छ । न्यूजिल्याण्ड–अष्ट्रेलियाबीचको अन्तिम अन्तिम टेष्ट ३ जनवरीदेखि सुरु हुनेछ । 

टेष्ट क्रिकेट सिरिज न्यूजिल्याण्डविरुद्ध अष्ट्रेलिया

विशेष