विचार

सबैभन्दा बढी चाहिने चिज सबैभन्दा तुच्छ ठानिने क्या । सोचेर ल्याऊदा पारिन्न त- ट्वाँ !! 

सबैभन्दा बढी चाहिने चिज सबैभन्दा तुच्छ ठानिने क्या । सोचेर ल्याऊदा पारिन्न त- ट्वाँ !! 

-नारायण पौडेल

परिन्न त- ट्वाँ !!

आलु नभै नहुने, तर कसैलाई होचाऊँन परे आलु रे । साग, तरकारी, अचार, सलाद, चट्नी सबका लागि गज्जबको चिज मूला । 

बिकारलाई केरकार पार्ने, पाचन ठीक राख्ने बहूपयोगि मूला, उस्कोपनि उस्तै हालत । तँ मूला रे । 

सबैलाई भात नभै नहुने तर तेही भात वाइयात रे । हैट, भाते रे । भातैका लागि थातथलो छाडने कति छन कति, तैपनि भातको इज्जत खै? भातमारा, भतुवा, चारमाने... आदिइत्यादि भातकै नाममा । 

बदनाम गर्नुको नि हद हुँछ ! भन्ने बेला जातभात हेर्नु रे, फेरी भातकै बिरुद्ध यत्रो बात गर्ने ? 

जमानामा यातायात र ढुवानी धानेकै गधाले। तर जस कहाँ पायो र । गाली गर्न परे गधा रे । 

खेतीको मुख्य कर्ता गोरू । तर कर्म-तपस्वी गोरूलाई गुन कहाँ दिइयो र ? कसैलाई बुद्धु भन्न परे तलाईं गोरू रे । 

वाहा, भूलक्कड पनि कतीकती ! गाईलाई माता मानी पुज्ने, गोरूको चाहीं दुस्मनलाई झै अपमान गर्ने ! 

कसैकोमा कोहि पाहुना आउदा, कोहि सुत्केरी हूँदा, कसैले जाँड खाँदा, कसैलाई स्वाद फेर्न पर्यो- बलि चढ्ने भाले । 

हेर न निरीह तेइ भालेलाई घमण्डी रे । बर्ता भाले हुँदो रैछ रे । 

पाल्नेलाई मनग्गे फाइदा दिने, खानेलाई काइदाको स्वाद दिने सुंगुरलाई पनि कहाँ सुख र ? फोहोरी भन्न परे कस्तो सुंगुर जस्तो रे ! 

भगवतीलाई खुशी पार्न काट्टिने, प्रसादका रूपमा खाईने, कसैको स्वादका लागि भुट्इने बिचरा बोका । तर कोही मात्तिए कस्तो बोको रे । 

सानैदेखि सुनियो-पित्री भगवान जस्तै पुज्य रे । पूर्खाको इज्जत राख्नु पर्छ रे । फेरी कसैले चकचक गरे तलाई बाँदर रे । 

घरको हेरदेख गर्ने, भगवान भैरवको बाहन, मन्दिरमै आसन, मालिकको स्वीकार्छ शासन- बफादार छ कुकुर । बेलाबेला पूजिंछ पनि । तैपनि कसैले गल्ती गरे- तलाईं कुक्कुर रे ! 

अरू त अरू जीवनकै सहारा पानीको इज्जत कहाँ र ? कसैलाई तह लगाको भन्न परे पानी-पानी बनाइदिंएँ रे । 

आम्मै, त्यति मात्र कहाँ हो र? जसबिना १ मिनेट बाँच्न सकिन्न, किन्न पर्दैन, जस्ले धनी-गरिब भनेर बिभेद गर्दैन, तेस्तो प्राणतत्वको स्वाभिमान कहाँ स्वीकार गरिएको छ र ? कस्तो हावा रे ? हो, म हावा हूँ, म बिना बाचेर देखाऊ त ! हावाले भने के होला ? 

सबैभन्दा बढी चाहिने चिज सबैभन्दा तुच्छ ठानिने क्या । सोचेर ल्याऊदा पारिन्न त- ट्वाँ !! 

नारायण पौडेल

- उल्लेखित समाचार पब्लिक न्युज एजेन्सी डट कम (publicnewsagency.com) बाट साभार गरिएको हो । यहाँले पनि पब्लिक न्युज एजेन्सीबाट समाचार साभार गरी निःशुल्क रुपमा प्रयोग गर्न सक्नुहुनेछ ।  

विशेष