विचार

मुम्बई आक्रमणको ११ वर्ष : आतंकवादी आक्रमणको खतरामा छ भारत ? 

मुम्बई आक्रमणको ११ वर्ष : आतंकवादी आक्रमणको खतरामा छ भारत ? 

पाकिस्तानी आर्मीको मास्टरमाइण्ड र आतंककको षड्यन्त्रमा ११ वर्ष अघि भएको मुम्बई आक्रमणमा आतंककारी समूह लस्कर ए तोयबाले अझै न त दुःखमनाउ नै गरेको छ न त पाकिस्तानले आतंकवादी समूहलाई सरकारको राज्य नीतिको हतियारको रुपमा प्रयोग गर्न छाडेको छ । सन् २००८ को नोभेम्बर ११ को मुम्बई आक्रमण जसमा भारतीय र विदेशीसहित १६६ व्यक्ति मारिएका थिए । 

सबै किसिमका प्रतिबन्ध, र भिटोका बाबजुत पाकिस्तान आज आतंकवादी मुलुकको रुपमा परिचित छ, जुन उ २००८ भन्दा पहिला थियो । यसका आतंकवादी समूह लस्कर ए तोयबा स्रोतसाधनले भरिपूर्ण र खतरनाक छन् ।

आतंकवादी समूह लस्कर ए तोयबा पाकिस्तानबाट अझै सञ्चालित छन् र अर्को मुम्बई आक्रमण गरी राष्ट्रवादी सेनामाथि आक्रमणको तयारीमा छन् । 

ती अज्ञातहरु को हुन् ? के तिनीहरु पाकिस्तानी गुप्तचारी संस्था (आईएसआई)बाट निर्देशित मेजर र मेजर जनरलका रुपमा रहेका व्यक्तिहरु हुन् । जो आतंकवादी आक्रमणको योजना र कार्यान्वयनमा लागेका छन् ? 

अमेरीकी चर्चित पत्रकार बब उडवार्डले उनको पुस्तक ओबामाज् वारमा लेखेका छन् – मुम्बइ आक्रमणमा पाकिस्तानी गुप्तचर संस्थाका प्रतिनिधि पनि आक्रमणमा संलग्न थिए । तर जर्नेल सुजा पासा, जो गुप्तचरी संस्था आइएसएमा दोस्रो ठूला व्यक्ति थिए उनले अमेरीकी गुप्तचरी संस्था सिआइएका समकक्षी माइक हेडेनसँग मुम्बइ आक्रमणमा नक्कली एजेन्ट संलग्न भएको भनेर टारेका छन् । 

पाकिस्तानले त्यसबेला मुम्बइ आक्रमणमा संलग्न कोही कसैलाई पनि चिन्न अस्वीकार गर्यो जबकी आर्मीको नाम, पद, भर्ना प्रक्रिया, तालिम र कार्यान्वयन सबै पाकिस्तान सरकारले गराएको थियो । यसलाई पाकिस्तान सरकारले ठाडै अस्वीकार गर्यो ।

अर्को शब्दमा भन्ने हो भने पाकिस्तानी सेनाले ठूलो शक्ति अभ्यास गर्दैछ, कुनै जमानाका शक्तिशाली प्रधानमन्त्री नवाज सरिफले सेनाका जर्नेलहरुबाट अति रोषको सामना गर्नुपरेको जनाएका छन् । मे २०१८ मा डउन पत्रिकामा राज्यले लस्कर ए तोयबा जस्ता आतंकवादीलाई आक्रमण गर्न अनुमति दिएको उल्लेख गरेका थिए ।

पछि पत्रिकाको वितरण निषेध र यसका संवाददाता सुक्ष्म निगरानीमा राखिएका थिए । नवाज सरिफ सहित त्यसपछिका प्रधानमन्त्रीले घोषणा र पुनर्घोषणा गरेपनि मुम्बइ आक्रमणका दोषीले जेलमुक्त जीवन बिताइरहेका छन् ।

२००८ को मुम्बइ आक्रमणका मुख्य अभियुक्तसहित सबै अहिले मुक्त छन्, धरौटीमा बाहिर छन् । जो यतिबेला भारतमा अर्को खतरनाक आक्रमणको योजनामा छन् । रावलपिण्डी अदालतमा यसको सुनुवाई रोकिएको छ र भविष्यमा यो कुनै निष्कर्षमा पुग्ला भन्ने जानकारी आएको छैन ।

यस मुद्धाको सुनुवाईमा सेनाले कुनै पनि सहयोग गर्न अस्वीकार गरेको छ र अदालतले घटनाका साक्षी भारतीयलाई बेलाउन पूर्ण निषेध लगाएको छ । 

हाफिज साईद, जो लस्कर ए तोयबाका मुख्य हुन् । जसमाथि संयुक्त राष्ट्रसंघले दश मिलियन अमेरीकन डलरको पुरस्कार घोषणा गरेको छ, लाहोरको जौहार शहरमा परिवारसँग निर्धक्क स्वतन्त्र जीवनयापन गर्दै आएका छन् ।

उनलाई गत जुलाईमा पक्राउ गरियो तर आतंकवादी आक्रमणमा संलग्न भएको अभियोगमा नभई आतंकवादी समूहका लागि गलत तरिकाले चन्दा उठाएको अभियोगमा । साइद १५ दिनमैँ धरौटीमा रिहा भए । 

साइदको पक्राउ र धरौटीमा रिहाको लुकामारी मुम्बई आक्रमणपछि पटक पटक चल्दै आएकाले यो कुनै आश्चर्य होइन । पछिल्लोपटक अमेरीकी विदेश मामिला सम्बन्धी युएस हाउस कमिटीले पाकिस्तानको झुटबारे उल्लेख गरेको छ ।

उसले भनेको छ –‘पाकिस्तानले १० वर्षदेखि साइदलाई खोजिरहेको थिएन । उनी निर्धक्कसँग बस्दै आएको छन र पटक पटक पक्राउ पर्ने र रिहा हुने हुँदै आएको छ । डिसेम्बर २००१, मे २००२, अक्टोबर २००२, अगष्ट २००६मा दुई पटक, डिसेम्बर २००८, सेप्टेम्बर २००९, जनवरी २०१७ मा पक्राउ र रिहा गरिएको थियो । 

लस्कर ए तोयबासँगको राज्यको संरक्षण यसरी पनि स्पष्ट बुझ्न सकिन्छ कि पञ्जाब सरकारले जर्नेलसमेतको मिलिभगतमा मुम्बइ आक्रमणलगत्तै ८२ मिलियन अनुदान दिएको थियो । राज्यले आतंकवादी साम्राज्य खडा गर्न प्रशस्त स्रोतसाधन र आतंकवादका  अभियोजनहरुबाट मुक्ति दिएको थियो । साइदको आर्मीसँगको उठबसले उसलाई स्रोतसाधन सम्पन्न मात्र बनाएन, चुनावमा उम्मेदवार खडा गर्न पनि सक्षम बनायो । 

जाकि उर रहमान लक्भी, जो मुम्बई आक्रमणका आतंकवादीका मुख्य ट्रेनर थिए, २००९ मा पक्राउ परे । लाहोर उच्च अदालतबाट २०१५ मा धरौटीमा रिहा भए । आर्मीले उनलाई अहिले दिएको गृहकार्य भनेकै आतंकवादीलाई तालिम दिनु र भारतमाथि पाकिस्तानी आर्मीको संकेत मिल्नासाथ आक्रमण गर्नु हो । लक्भी अन्तिम पटक २०१८ मा आतंकवादी समूहलाई चन्दा उठाउँदै गर्दा पञ्जाबमा देखा परेका थिए । 

त्यहाँ अन्य धेरै छन् जसलाई पाकिस्तानले छाडेको छ । किनकी उनीहरु विरुद्धको अभियोजनले पाकिस्तानी सेनाको हेडक्वार्टर रावलपिण्डीको ढोका ढक्ढक्याउँछ ।

संयुक्त राज्य अमेरिकाले गतवर्ष घोषणा गरेको छ –‘कुनै पनि देश, कुनै पनि नागरिक जसले आतंकवादी गतिविधि गर्छन, अन्यलाई गर्न सहयोग गर्छन वा आक्रमणका लागि उक्साउँछन् ।’ ५ मिलियन अमेरीकी डलर पुरस्कारस्वरुप पाउँछन् ।

आतंकवाद विरुद्ध आक्रमणको सूचनामा अमेरीकाले यो तेस्रोपटक रकम घोषणा गरेको हो । यसअघि साइद र अर्कोपटक २ मिलियन डलर सइदको जेठान अब्दूल रहमान मक्कीविरुद्ध घोषणा गरेको थियो ।   
 

विशेष