मुख्य समाचार

राजा वीरेन्द्रको ७५औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदै

राजा वीरेन्द्रको ७५औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौंः स्वर्गीय राजा वीरेन्द्रको ७५औं जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । २००२ साल पुस १४ गते जन्मिएका राजा वीरेन्द्रको २०५८ साल जेठ १९ गते नारायणहिटी काण्डमा मृत्यु भएको थियो ।

सो हत्या काण्डमा राजपरिवारका ९ जना सदस्यको हत्या भएको थियो। हत्याकाण्ड अझै रहस्यमय छ । २०२८ सालमा बाबु महेन्द्रको निधनपछि राजा बनेका वीरेन्द्रले नेपाललाई शान्ति क्षेत्र स्थापना गर्ने, जनमत संग्रह गराउने, दक्षिण एसियाली क्षेत्रिय संगठन (सार्क) को स्थापना पनि गरेका थिए ।

त्यस्तै  राजा वीरेन्द्रले २०४६ सालको जनआन्दोलनपछि प्रजातन्त्रको पुनर्बहाली गर्ने निर्णय गरेका थिए। त्यसपछि देशमा बहुदलीय व्यवस्था आएको थियो ।  

सार्क राजा वीरेन्द्र जन्मजयन्ती

विशेष