स्वास्थ्य

आँखामा औषधि कसरी राख्ने ?

आँखामा औषधि कसरी राख्ने ?

आँखा हाम्रो शरीरको एक महत्वपुर्ण र संबेदनशील अंग हो । त्यसैले यसको हेरचाह पनि हामीले उचित किसिमले गर्नु पर्दछ । सानो गल्तिले पनि कुनै बेला दृष्टि गुमाउनुपर्ने जोखिम हुन्छ । आँखाको उपचार वा सुरक्षाका क्रममा विभिन्न औषधि वा ड्रप प्रयोग गरिन्छ । ती प्रयोग गर्दा निम्न कुरामा सचेत रहनुपर्छ ।

- साबुन पानीले राम्ररी हात धुने।

-औषधिको बट्टालाई फिँज नआउने गरि राम्रोसँग हल्लाउने 

- टाउकोलाई पछाडि ढल्काउने अथवा पल्टीने। 

-औषधि हाल्दा औषधिका टुप्पोले आँखाको वरीपरी वा अन्य ठाउँमा नछुने ।

- औलाले आँखाको तत्लो भागलाई  हल्का तल तान्ने 

-औषधिको बोतलबाट एक थोपा मात्र झर्ने गरि विस्तारै थिच्ने । आँखामा औषधि परेपछि  तल्लो भागको परेला बिस्तारै बिचको चोरी औलाले दुई  मिनेट सम्म थिचेर राख्ने। 

- आँखा बाहिर परेको  औषधिलाई  सफा कपडाले  पुछ्ने। 

- एक भन्दा बढी औषधि आँखामा लगाउनु परेमा  पहिलो औषधि प्रयोग गरेको  ५ मिनेटपछि  मात्र  दोस्रो  औषधि प्रयोग गर्ने। 

- प्रयोग पछि  बोतललाई  राम्ररी बन्द गर्ने (बोतलको टुप्पोलाई  धुने वा छुने गर्नु हुँदैन)। 

-औषधि खोलेको एक महिनासम्म मात्र प्रयोग गर्ने 

माथि उल्लिखित कुराहरुलाई ध्यान दिन सकेको खण्डमा आँखामा औषधि हाल्दा हुने जोखिमबाट बच्न सकिन्छ । 

आँखामा औषधि

विशेष