मनोरञ्जन

सन् २०१९ का हेर्नलायक बलिउड फिल्म

सन् २०१९ का हेर्नलायक बलिउड फिल्म

काठमाडौंः सन् २०१९ मा बलिउडका केही फिल्मले समीक्षकबाट राम्रो प्रतिक्रिया नपाए पनि शानदार कारोबार गरे । तर, केही फिल्म यस्ता पनि थिए, जसले समीक्षकबाट प्रशंसा पाए तर कमाइ भने गर्न सकेनन् । 

मर्द को दर्द नहीं होता

दुर्लभ रोगबाट पीडित मानिसको कथालाई निर्देशक वसन बालाले पर्दामा देखाएका थिए। यस फिल्ममा अभिनेत्री राधिका आप्टे र अभिमन्यु दसानीले अभिनय गरेका थिए। फिल्मको सिनेमाटोग्राफी र अवधारणा समीक्षकलाई मन परेको थियो। तर, फिल्म बक्स अफिसमा खासै चलेन।

बदला

अभिनेता अमिताभ बच्चन र अभिनेत्री तापसी पन्नु अभिनीत फिल्म ‘बदला’ ले राम्रो आम्दानी गरेको थियो। साइकोलोजिकल थ्रिलर फिल्मको समीक्षकले प्रशंसा गरेका थिए। प्रचारको अभावमा फिल्मको कमाइ प्रभावित भएको समेत समीक्षकको भनाइ थियो।

सोनचिरिया

मनोज बाजपेयी, सुशान्त सिंह राजपुत, रणवीर सुरी, भूमि पेनडेकर लगायतको अभिनय रहेको फिल्म ‘सोनचिरिया’ लाई अभिषेक चौबेले निर्देशन गरेका थिए। समीक्षकहरूले शानदार स्क्रिनप्ले र अभिनयका लागि फिल्म हेर्नुपर्ने बताएका थिए।

सांड की आँख 

अनुराग कश्यपको प्रोडक्सनमा बनेको फिल्म ‘सांड की आँख’ मा हरियाणाका दुई महिला सुटरको कथा छ। तापसी पन्नु र भूमि पेनडेकर मुख्य भूमिकामा रहेको फिल्मले पनि समीक्षकबाट राम्रो प्रतिक्रिया पाएको थियो। फिल्मले बक्स अफिसमा भने खासै राम्रो गर्न सकेन। 

फोटोग्राफ

उम्दा अभिनेता नवाजुद्दीन सिद्दिकी र सान्या मल्होत्राले अभिनय गरेको फिल्म हो, ‘फोटोग्राफ’। यसका निर्देशक हुन्, रितेश बत्रा। फिल्म ‘लन्चबक्स’ का निर्देशकसमेत रहेका बत्राको यो फिल्म अभिनयका लागि हेर्नुपर्ने समीक्षकको भनाइ थियो। 

बलिउड फिल्म समीक्षक बलिउड फिल्म

विशेष