खेल

साग क्रिकेटः टेष्ट राष्ट्र श्रीलंकासँग खेल्दै नेपाल

साग क्रिकेटः टेष्ट राष्ट्र श्रीलंकासँग खेल्दै नेपाल

काठमाडौंः नेपालमा जारी १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत नेपालको सिनियर पुरुष क्रिकेट टिमले आफ्नो पहिलो खेलमा आज टेष्ट राष्ट्र श्रीलंकाको सामना गर्दैछ ।

नेपाल र श्रीलंका बीचको खेल नेपाली समयअनुसार आज बिहान ११ बजेपछि कीर्तिपुर स्थित टियू क्रिकेट मैदानमा हुँदैछ । जारी सागमा दुवै टिमको यो पहिलो खेल हो ।    

सागमा नेपाल, श्रीलंकासहित बंगलादेश माल्दिभ्स र भुटान छन् । टी–२० शैलीमा हुने खेलमा राउन्डरोविनको आधारमा लिग सकिएपछि शीर्ष दुई टोली स्वर्ण पदकको लागि भिड्ने छन् ।  


  

श्रीलंका भर्सेस नेपालः साग

विशेष