मुख्य समाचार

भीम रावललाई जवाफ फर्काउँदै प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले भने, ‘कुण्ड कुण्ड पानी, मुण्ड मुण्ड बुद्धि’

भीम रावललाई जवाफ फर्काउँदै प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले भने, ‘कुण्ड कुण्ड पानी, मुण्ड मुण्ड बुद्धि’

काठमाडौंः नेकपा स्थायी कमिटी सदस्य भीम रावलले स्थायी कमिटी बैठकमा कविता वाचन गरेको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिक्रिया दिए । केही दिनअघि नेकपा सम्बद्ध पत्रकारहरुलाई बालुवाटारमा बोलाएर शपथ खुवाउने बेलामा प्रधानमन्त्री ओलीले बालुवाटारबाट धुँवाको मुस्लो आएको भन्ने बारेमा जवाफ दिएका थिए । त्यस्तै सोही कविताका विषयमा सत्तारुढ दल भित्रै बहस चलिरहेकै छ । नेकपा सचिवालय बैठकले प्रदेश तीनको नाम र राजधानी तोक्नेबारे निर्देशन दिएपछि सो विरुद्ध भीम रावलले टिप्पणी गर्दै सहप्रवक्ताको टिप्पणी खै? भन्दै जवाफ मागेका थिए । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सोही टिप्पणीको जवाफ फर्काएका छन्‌।  

यस्तो छ प्रेस सल्लाहकार थापाको जवाफ 
राष्ट्रवादको बहसमा बुझेर नै उत्रिनुभएको हो त? पार्टीले तपाईका कविताबमोजिम चलिदिनुपर्ने कि कसो हो? यी दुई कविताको पुरानो र नयाँ कवि तपाईं नै हो भन्ने विश्वास नलागेर नै सार्वजनिक खपतका लागि यहाँ दुबै कविता प्रस्तुतसम्म गरिएको जानकारी अनुरोध छ। म पुरानो लिम्पियाधुरा लेख्ने कविको हिमायती हुँ। तर स्थायी कमिटीमा सुनाएर सार्वजनिक गरिएको कविता भने तथ्यको भ्रष्टीकरण, भ्रमको पुलिन्दा र आत्मनिन्दा एवं भ्रत्सनाको मजाकपूर्ण दृष्टान्तबाहेक अरू केही होइन र हुन पनि सक्दैन। तपाईका यताका अन्तर्वार्ता, प्रस्तुति र यावत् पक्षले क्रमशः पापराजीको फन्दामा उहिले डायना परेजस्तो वा आज तपाई परिरहेको अनुभव भइरहेको छ।

यो नबुझेर वा नजानेर त पक्कै गर्नुभएको होइन होला? एक्लो बृहस्पति बन्न नखोज्नु नै हितकर हुन्छ होला!  तपाइको आजको बोली, धारणा र अभिव्यक्ति नेकपाको संस्थागत निर्णय, धारणा र निर्देशन कदापि होइन र मान्न सकिदैन। सकिदैन । कमसेकम आफूले टेकेको धर्ती र आफ्नो टाउकोले खामेको आकाश मात्रै थाम्न खोज्नु उचित होला कि! विषयको संवेदनशीलता र गंभीरता बिर्सेर फर्किने ठाउँ नै नराखी आफू अनुकूल अपव्याख्या गरेर बहकिनु उचित होइन। आगे कुण्ड कुण्ड पानी, मुण्ड मुण्ड बुद्दि। तपाईकै ‘सहप्रवक्ता’  

 

भीम रावल केपी शर्मा ओली सूर्य थापा

विशेष