खेल

ए डिभिजन लिगः आज च्यासल भर्सेस जावलाखेल र हिमायलन शेर्पा भर्सेस ब्रिगेड ब्वाईज

ए डिभिजन लिगः आज च्यासल भर्सेस जावलाखेल र हिमायलन शेर्पा भर्सेस ब्रिगेड ब्वाईज

काठमाडौंः शहीद स्मारक ए डिभिजन लिग फुटबलअन्तर्गत मंगलबार दुई खेल हुँदै छन् । आजको खेलमा च्यासल र जावलाखेल तथा हिमायलन शेर्पा र ब्रिगेड ब्वाईजबीच प्रतिस्पर्धा हुँदैछ । 

समाचारअनुसार दुवै खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ । पहिलो खेलमा च्यासल र जावलाखेल बिहान साढे ११ बजे भिड्न सुरु गर्ने छन् । दोस्रो खेलमा हिमालयन शेर्पा र ब्रिगेड दिउँसो ३ बजे भिड्ने छन् ।

लिगमा तीन खेलबाट च्यासलले एक जीत, एक बराबर र एक हारबाट ४ अंक जोडेको छ । अपराजित रहेको जावलाखेलको ५ अंक छ । यस्तै शेर्पा क्लब दुई बराबर र एक हार सहित २ अंक जोडेको छ । ब्रिगेड एक जीत र दुई हार सहित ३ अंक जोडेर तालिकाको दशौं स्थानमा छ । 

शहीद स्मारक ए डिभिजन लिग ए डिभिजन लिग च्यासलविरुद्ध जावलाखेल हिमायलन शेर्पाविरुद्ध ब्रिगेड ब्वाईज

विशेष