मुख्य समाचार

घर–कोठा भाडामा दिने र लिने दुबैले अब प्रहरीलाई जानकारी दिनुपर्ने

घर–कोठा भाडामा दिने र लिने दुबैले अब प्रहरीलाई जानकारी दिनुपर्ने

काठमाडौंः अब घर वा कोठा भाडामा दिने र लिनेले प्रहरीलाई जानकारी दिनुपर्ने भएको छ । व्यक्ति तथा समूहद्वारा आपराधिक गतिविधि, चोरी, डकैती, लुटपाट, बैंकिङ कसुरजस्ता अपराध बढेको भन्दै गृह मन्त्रालयले सो व्यवस्था लागू गरेको हो । त्यसअनुसार घर वा कोठा भाडामा दिँदा वा लिँदा परिचय खुल्नेसहितको विवरण प्रहरी कार्यालयलाई बुझाउनुपर्ने छ ।

गृहमन्त्री रामबहादुर थापासहित गृहसचिव प्रेमकुमार राई र तीनवटै सुरक्षा निकायका प्रमुखको उपस्थितिमा बसेको बैठकले गरेको निर्णयमा भनिएको छ, ‘काठमाडौं उपत्यकालगायत देशका मुख्य मुख्य शहरी क्षेत्रहरुमा घरभाडामा दिने र लिने व्यक्ति, संस्था, कार्यालयले घरभाडामा दिँदा र लिँदा आफ्नो घरमा भाडामा बस्ने ब्यक्ति, संस्था, कार्यालयको परिचय खुल्ने कागजातसहितको विस्तृत विवरण–जानकारी एवं छाडेको विवरण र जानकारी समेत नजिकको स्थानीय प्रहरी इकाईमा अनिवार्य रूपमा दिने र स्थानीय प्रहरी इकाईले पनि अनिवार्य रुपमा लिई घरभाडामा बस्ने र छाड्नेहरुको नियमित एवं अद्यावधिक अभिलेख राख्नुपर्नेछ ।’

घर भाडा गृह मन्त्रालय कोठा भाडा

विशेष