खेल

१३औं सागः १७ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुँदै आज

१३औं सागः १७ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुँदै आज

काठमाडौंः दक्षिण एसियाली खेलकुद (साग) अन्तगर्त मंगलबार १७ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुँदैछ । मंगलबारदेखि भलिबल खेल सम्पन्न हुनेछ । दुईवटा स्वर्णका लागि फाइनल खेल हुँदैछ । पुरुष तर्फको उपाधिका लागि भारत र पाकिस्तान आमने सामने हुँदै छन् भने महिला तर्फ नेपाल र भारत प्रतिस्पर्धा गर्दै छन् ।

त्रिपूरेवरस्थित राष्ट्रिय खेलकुद परिषद्को कवर्डहलमा हुने पुरुष तर्फको फाइनल खेल दिउँसो दुई बजे हुनेछ भने महिलातर्फको खेल ४ बजेपछि सञ्चालन हुने छन् । आजदेखि एथलेटिक्सका खेलहरु पनि सञ्चालन हुने छन् । एथलेटिक्समा १,५०० मिटर पुरुष र महिला, सटपुट पुरुष र महिलाको खेल सञ्चालन हुनेछ । एथलेटिक्समा एक सय र चार सय मिटर दौड तथा हर्डल्सका हिट पनि सञ्चालन हुनेछन् ।

यस्तै करातेमा ६ वटा स्वर्णको छिनोफानो हुनेछ । पुरुषको ६० केजी मुनी, ६७ केजी मुनी र ७५ केजी मुनीको प्रतिष्पर्धा हुनेछ भने महिला तर्फ ५५ केजी मुनी, ६१ केजी मुनी र ६८ केजी मुनीमा खेल संचालन हुनेछ ।

यस्तै उसुमा महिला र पुरुषको चाङक्वान गरी दुई स्वर्णको टुंगो लाग्नेछ । टेबल टेनिसमा पनि पुरुष र महिलाको टिम इभेन्टका खेलहरु सम्पन्न हुने छन् । ट्रायाथलनमा मिक्सड रिलेको फाइनल हुनेछ ।

फुटबलमा नेपालले भुटानसँग प्रतिष्पर्धा गर्दैछ । नेपाल र भुटानबीचको खेल दशरथ रंगशालामा दिउँसो एक बजे हुनेछ भने बंगलादेश र माल्दिभ्सबीचको खेल साँझ पाँच बजे सुरु हुनेछ । महिला फुटबलमा नेपाल र श्रीलंका तथा भारत र माल्दिभ्स खेल्दैछन् ।

आजदेखि पुरुष क्रिकेट सुरु हुँदैछ । पुरुष क्रिकेटमा नेपाल र श्रीलंकाको यू–२३ टिमबीच प्रतिष्पर्धा हुनेछ । पोखरामा हुने महिला क्रिकेटमा भने श्रीलंका र बंगलादेश खेल्ने छन् ।

आजदेखि सातदोबाटोको सुटिङ रेन्जमा सुटिङका प्रतिष्पर्धा हुँदै छन् । लन टेनिसमा टिम इभेन्टका सेमिफाइनलका खेलहरु सञ्चालन हुने छन् ।  

साग स्वर्ण पदक

विशेष