खेल

१३औँ सागः भारतलाई हराउँदै नयाँ इतिहास रच्ने अवसरमा नेपाल

१३औँ सागः भारतलाई हराउँदै नयाँ इतिहास रच्ने अवसरमा नेपाल

काठमाडौंः १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला भलिबलको स्वर्णपदकका लागि आज नेपाल र भारत पनि भिड्दै छन् । महिला भलिबलको फाइनलमा नेपाल र भारतबीच दिउँसो २ बजे प्रतिष्पर्धा हुनेछ । पुरुष भलिबलमा दिउँसो ४ बजे भारत र पाकिस्तान स्वर्ण पदकका लागि भिड्ने छन् । 

पुरुष फुटबलमा नेपालले आज भुटानसँग प्रतिष्पर्धा गर्दैछ । खेल दिउँसो १ बजे दशरथ रंगशालामा हुनेछ । नेपाल पहिलो खेल खेल्न लागेको हो भने भुटानले हिजो बंगलादेशलाई हराउँदै ३ अंक जोडिसकेको छ । दशरथ रंगशालामा साँझ ५ बजे माल्दिभ्स र बंगलादेशबीच अर्को खेल हुनेछ । पोखरा रंगशालामा हुने महिला फुटबलमा नेपालले विहान १० बजे श्रीलंकासँग प्रतिष्पर्धा गर्नेछ । दिउँसो अर्को खेलमा भारत र माल्दिभ्स भिड्दैछन् । आज भलिबलका खेलहरु सकिने छन् । 

पुरुष टी–२० क्रिकेटमा नेपालले आज श्रीलंकासँग प्रतिष्पर्धा गर्दैछ । खेल त्रिवी क्रिकेट मैदान किर्तिपुरमा विहान ११ बजे हुनेछ । पोखरामा भइरहेको महिला क्रिकेटमा श्रीलंका र बंगलादेश भिड्ने छन् । नेपालले थप पदकको आशा गरेको करातेमा ६ खेल हुने छन् । खेल विहान ९ बजेदेखि नेपाल कराते एकेडेमीको कभर्डहलमा सुरु हुनेछ । तेक्वान्दोमा आज ४ स्वर्णपदकको टुंगो लाग्नेछ। उसुमा महिला र पुरुष चाङक्वानको दुई वटा स्वर्ण पदकको छिनोफानो हुनेछ ।

एथलेटिक्सतर्फ विभिन्न ९ वटा प्रतिष्पर्धा हुँदै छन् । आजै खोखो, ब्याडमिन्टन, गल्फलगायतका खेल पनि आज हुँदै छन् । सोमबार पहिलो दिन नेपाल १५ स्वर्ण ३ रजत र ६ कास्य पदकसहित कूल २४ पदक जितेर पहिलो स्थानमा रहेको छ । ३ स्वर्ण ८ रजत र ३ कास्यसहित १४ पदक जितेको भारत दोस्रो र ३ स्वर्ण ७ रजत र १४ कास्यसहित २४ पदक जितेको श्रीलंका तेस्रो स्थानमा रहेका छन् ।  

साग स्वर्णपदक नेपाल भर्सेस भारत महिला भलिबल टिम

विशेष