खेल

१३औँ सागः उसुमा विजयले दिलाए नेपालालई स्वर्ण

१३औँ सागः उसुमा विजयले दिलाए नेपालालई स्वर्ण

काठमाडौंः १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत उसुको थाउलुतर्फ थानछ्वानमा विजय सिन्जालीले स्वर्ण जितेका छन् ।

उनले ९.४८ अंक प्राप्त गर्दै स्वर्ण हात पारेका हुन् । उनले १२ औं सागमा रजत पदक जितेका थिए ।

यो खेलमा बंगलादेशी खेलाडीले ९.३४ श्रीलंका र भारतका खेलाडीले समान ९.१४ अंक र पाकिस्तानी खेलाडीले ७.३१ अंक प्राप्त गरेका थिए।

उसुतर्फको यो पहिलो प्रतिस्पर्धा हो । नेपालले सोमबार कराँते र तेक्वान्दोमा उत्कृष्ट प्रदर्शन गर्दै कुल १५ स्वर्ण जितेको थियो ।

साग स्वर्ण विजय सिन्जाली

विशेष