क्यान्सर जितेकी मनिषाको यस्तो हालत, पुराना दिन सम्झिदै शेयर गरिन तस्बिर
एजेन्सी। नेपालकी चेली मनिषा कोईराला चलचित्र क्षेत्रकी एक सफल अभिनेत्री हुन्। बलिउडमा कुनै समय चर्चित अभिनेत्रीको रुपमा चिनिएकी मनिषा कोइराला यतिखेर चलचित्रबाट अलि टाढा छिन। 'संजु' मनिषाद्वारा अभिनित पछिल्लो चलचित्र हो। यस चलचित्रमा उनले संजय दत्तकी माता नरगिस दत्तको भूमिका निर्वाह गरेकी थिइन्। उनले यो फिल्म पनि लामो समयको अन्तरालमा गरेकी हुन्।
अत्याधिक मध्यपान र धुम्रपानको सेवनले क्यान्सरको शिकार भएकी मनिषाले मृत्युलाई समेत जितेकी छिन । हालै मात्र सामाजिक संजालमा मनिषाले क्यान्सरको उपचारको समयमा लिईएको तस्बिर सार्वजनिक गरेकी छिन। जुन तस्बिर अहिले चर्चामा समेत रहेको छ। तस्बिर शेयर गर्दै मनिषाले लेखेकी छिन 'दोस्रो जिन्दगीको लागि सधै आभारी रहनेछु ....गुड मर्निङ्ग फ्रेन्ड यो एक स्वस्थ र मस्त रहने शानदार जिन्दगि हो।
यस घातक रोगसंग गुज्रिएकि मनिषाले आफ्ना अनुभव सबैसंग शेयर गर्ने गरेकी छिन। उपचार पश्चात मनिषाले 'हिल्ड: हाउ क्यान्सर गेभ मि अ न्यु लाईफ' '(Healed: How Cancer Gave Me A New Life') नाम पुस्तक पनि निकालिन जहाँ उनले अमेरिकामा क्यान्सरको उपचार भएदेखि नाफर्किउन्जेल सम्मको कथाव्यथा समेटेकी छिन। मनिषाले क्यान्सर आफ्नो लागि जीवनको गिफ्ट भएको समेत बताएकी छिन।
उनले भनिन क्यान्सरले मलाई धेरै कुरा सिकाएको छ, मैले अनि अरुले हेर्ने नजरहरु परिवर्तन भएका छन'। मनिषासंग अहिले त्यस्तो कुनै पनि चलचित्र छैन उनि फ्री छिन भन्दा फरक नपर्ला यद्धपी उनि सामाजिक संजालमा भने सक्रिय रहेकी छिन।
मनिषा कोईराला