खेल

उसुमा नेपालकी सुस्मिताले जितिन् स्वर्ण

उसुमा नेपालकी सुस्मिताले जितिन् स्वर्ण

काठमाडौंः १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत उसुको थाउलुतर्फ थानछ्वानको महिलाको प्रतिस्पर्धामा सुस्मिता तामाङले नेपाललाई स्वर्ण दिलाएकी छन् । उनले ९.४४ अंक प्राप्त गर्दै स्वर्ण जितेकी हुन् ।

यो खेलमा बंगलादेशी खेलाडीले ७.५३ र श्रीलंकाकी खेलाडीले ८.८५ अंक प्राप्त गरेका छन् । यससँगै श्रीलंकाले रजत र बंगलादेशले कास्यमा चित्त बुझाउनुपरेको हो ।

उसुतर्फको यो पहिलो प्रतिस्पर्धा हो । नेपालले सोमबार कराँते र तेक्वान्दोमा उत्कृष्ट प्रदर्शन गर्दै कुल १५ स्वर्ण जितेको थियो ।

स्वर्ण सुस्मिता तामाङ

विशेष