खेल

१३ औँ सागः श्रीलंकाविरुद्ध चलेन पारसको ब्याट

१३ औँ सागः श्रीलंकाविरुद्ध चलेन पारसको ब्याट

काठमाडौंः नेपालमा जारी १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत श्रीलंका–२३ विरुद्धको खेलमा नेपालले खराब सुरुवात गरेको छ ।

टस हारेर ब्याटिङको मौका पाएको नेपालले सस्तैमा पहिलो विकेट गुमाएको छ । नेपालले पहिलो विकेटका रुपमा १.२ ओभरमा ५ रनमा पारस खड्कालाई गुमाएकाे हाे । उनी ५ बलमा १ रन बनाएर ‘क्याच आउट’ हुन पुगे । पारसलाई कविष्का अन्जुलाले विकेटकीपरको हातबाट ‘क्याच आउट’ गराएका हुन् ।

टेष्ट राष्ट्र श्रीलंका र नेपाली बीचको खेल कीर्तिपुर स्थित टियू क्रिकेट मैदानमा हुँदैछ । जारी सागमा दुवै टिमको यो पहिलो खेल हो ।

सागमा नेपाल, श्रीलंकासहित बंगलादेश माल्दिभ्स र भुटान छन् । टी–२० शैलीमा हुने खेलमा राउन्डरोविनको आधारमा लिग सकिएपछि शीर्ष दुई टोली स्वर्ण पदकको लागि भिड्ने छन् ।

श्रीलंका भर्सेस नेपालः साग पारस खड्का

विशेष