खेल

१३ औँ सागः श्रीलंकाविरुद्ध कप्तान मल्ल २१ रनमा आउट

१३ औँ सागः श्रीलंकाविरुद्ध कप्तान मल्ल २१ रनमा आउट

काठमाडौंः नेपालमा जारी १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत श्रीलंका–२३ विरुद्धको खेलमा नेपालले सस्तै ३ विकेट गुमाएको छ ।

नेपालले तेस्रो विकेटका रुपमा कप्तान ज्ञानेन्द्र मल्ललाई २१ रनमा गुमाएको छ । उनी दुविन्दु तिलकरत्नेको बलमा ‘बाेल्ड आउट’ भए । यसअघि नेपालले आरिफ शेखलाई १९ र पारस खड्कालाई १ रनमा गुमाइसकेको छ ।   

टेष्ट राष्ट्र श्रीलंका र नेपाली बीचको खेल कीर्तिपुर स्थित टियू क्रिकेट मैदानमा हुँदैछ । जारी सागमा दुवै टिमको यो पहिलो खेल हो ।

सागमा नेपाल, श्रीलंकासहित बंगलादेश माल्दिभ्स र भुटान छन् । टी–२० शैलीमा हुने खेलमा राउन्डरोविनको आधारमा लिग सकिएपछि शीर्ष दुई टोली स्वर्ण पदकको लागि भिड्ने छन् ।

साग श्रीलंका भर्सेस नेपालः ज्ञानेन्द्र मल्ल

विशेष