डुवाथोलनमा हिमाल टमाटाले दिलाए नेपाललाई स्वर्ण

पोखराः १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत पुरुष डुवाथोलनमा नेपालका हिमाल टमाटाले स्वर्ण पदक जितेका छन् । यो प्रतिस्पर्धाको रजत पदक पनि नेपालकै लक्ष्मण मल्लको पोल्टोमा परेका छ ।
पोखराको लेकसाइडमा भएको यस इभेन्टमा नेपाल, भारत र श्रीलंकाका ६ खेलाडी सहभागी थिए । प्रथम, दोस्रो र तेस्रो हुने खेलाडीहरुको समय भने आइपुगिसकेको छैन ।
डुवाथोलनमा खेलाडीहरुले ५ कि.मि रनिङ, २० किमी स्वीमिङ र पुनः २.५ किमी रनिङ गर्नुपर्छ । सोमबार भएको ट्रायथोलनमा पनि नेपालले स्वर्ण जितेको थियो ।
साग स्वर्ण पदक डुवाथोलन हिमाल टमाटा