खेल

श्रीलंकन कप्तान सस्तैमा आउट, लयमा देखिँदै नेपाली बलर!

श्रीलंकन कप्तान सस्तैमा आउट, लयमा देखिँदै नेपाली बलर!

काठमाडौंः नेपालमा जारी १३ औँ दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले दिएको १ सय ७३ रनको लक्ष्य पछ्याउने क्रममा श्रीलंका–२३ ले तेस्रो विकेट गुमाएको छ ।

उसले तेस्रो विकेटका रुपमा कप्तान चरिथ असलान्कालाई ६ रनमा गुमाएको हो । उनलाई सुशन भारीले करन केसीको हातबाट ‘क्याच आउट’ गराए ।

यसअघि श्रीलंकाले कामिन्दु मेन्डिसलाई १, पथुम निसान्कालाई ३० रन गुमाइसकेको छ । सुशनसँगै पवन सराफ र सोमपाल कामीलाई पनि एक–एक सफलता मिलिसकेको छ ।

टस हारेर ब्याटिङको मौका पाएको घरेलु टिम नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ७२ रन बनायो ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट ब्याटिङ गरे । उनी ४ चौका र ३ छक्काको मद्दतमा ४४ बलमा ७२ रन बनाएर अविजित रहे ।

कप्तान ज्ञानेन्द्र मल्ल, विनोद भण्डारीले २१–२१, आरिफ शेखले १९, पवन सराफले २२, पारस खड्काले १ रन बनाए ।

बलिङमा श्रीलंकाका कामिन्दु मेन्डिसले २, कविष्का अन्जुला, असिता फर्नान्डो र दुविन्दु तिलकरत्नेले एक–एक विकेट लिए।

टेष्ट राष्ट्र श्रीलंका र नेपाली बीचको खेल कीर्तिपुर स्थित टियू क्रिकेट मैदानमा भइरहेको छ । जारी सागमा दुवै टिमको यो पहिलो खेल हो ।

सागमा नेपाल, श्रीलंकासहित बंगलादेश माल्दिभ्स र भुटान छन् । टी–२० शैलीमा हुने खेलमा राउन्डरोविनको आधारमा लिग सकिएपछि शीर्ष दुई टोली स्वर्ण पदकको लागि भिड्ने छन् ।

साग

विशेष