खेल

१३ औँ सागः सन्तोषी बनिन् एथलेटिक्समा स्वर्ण जित्ने पहिलो नेपाली महिला

१३ औँ सागः सन्तोषी बनिन् एथलेटिक्समा स्वर्ण जित्ने पहिलो नेपाली महिला

काठमाडौंः धाविका सन्तोषी श्रेष्ठले १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत महिला १० हजार मिटर दौडमा स्वर्ण पदक जितेकी छन् ।

भारतकी कविता यादवलाई पछि पार्दै सन्तोषीले ३५ मिनेट ७.९४ सेकेन्डमा निर्धारित दुरी पूरा गर्दै स्वर्ण हासिल गरेकी हुन् । एथलेटिक्समा स्वर्ण जित्ने सन्तोषी पहिलो नेपाली महिला खेलाडी हुन् ।

यस्तै भारतकी कविता यादवले रजत र श्रीलंकाकी निलान्थी लंकाले काश्य पदक जितेकी छन् । यससँगै नेपालले जितेको स्वर्ण पदकको संख्या २० पुगेको छ । नेपालले सोमबार १५ स्वर्ण जितेको थियो ।

एथलेटिक्स स्वर्ण सन्तोषी श्रेष्ठ

विशेष