खेल

साग महिला फुटबलमा नेपालको विजयी सुरुवात

साग महिला फुटबलमा नेपालको विजयी सुरुवात

पोखराः १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत श्रीलंका विरुद्धको महिला फुटबलमा नेपाल विजयी भएको छ । पोखरा रंगशाला मैदानमा श्रीलंकालाई १–० गोलको अन्तरले हराउँदै नेपाल विजयी भएको हो ।

नेपालको जितमा सरु लिम्बुले ८८ औं मिनेटमा मिनेटमा गोल गर्दै नेपालको जित पक्का गरेकी हुन् । महिला फुटबलमा ४ टोलीको मात्र सहभागिता रहेको छ । अन्य दुई टोलीमा भारत र माल्दिभ्स छन् ।

सबैले एक अर्कासँग प्रतिस्पर्धा गरेपछि शीर्ष २ टोलीले स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्ने छन् । त्यस्तै पुछारका दुई टोलीले कास्य पदकका लागि प्रतिस्पर्धा गर्नेछन् । नेपालले आफ्नो दोस्रो खेल बिहिबार माल्दिभ्ससँग खेल्ने छ ।

नेपाल भर्सेस श्रीलंका साग महिला फुटबल सरु लिम्बु

विशेष