खेल

साग बिशेष : बुधबार नेपालले यी खेलमा प्रतिस्पर्धा गर्दै छ

साग बिशेष : बुधबार नेपालले यी खेलमा प्रतिस्पर्धा गर्दै छ

काठमाडौँ। १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बुधबार एथ्लेटिक्सको ५ हजार मिटरको महिला र पुरुषको प्रतिस्पर्धा हुनेछ।

यसैगरी महिला र पुरुष हाइजम्प, ११० मिटर हडल्स पनि बुधबार नै हुनेछ। क्रिकेटमा बुधबार नेपालको खेल छैन।

जगडोलमा साइक्लिङमा डाउन हिलको स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ। साँझ ५ बजे दशरथ रंगशालामा नेपाल र श्रीलंकाबीच फुटबलको प्रतिस्पर्धा हुनेछ।

कबड्डीको प्रतिस्पर्धा पनि बुधबार नै हुनेछ। करातेमा ४ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ।  तेक्वान्दोमा पनि ६ स्वर्णका लागि भिडन्त हुनेछ।  उसुमा २ स्वर्णका लागि प्रतिस्पर्धा हुने तय छ।

टेनिस, टेवल टेनिस र सुटिङको प्रतिस्पर्धा बुधबार पनि जारी रहनेछन्।

साग खेल

विशेष