खेल

१३ औँ साग: कराँतेबाट अनुपमाले दिलाईन नेपाललाई अर्को स्वर्ण

१३ औँ साग: कराँतेबाट अनुपमाले दिलाईन नेपाललाई अर्को स्वर्ण

काठमाडौँ। १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गतको चौँथो दिन आज अनुपमा मगरले नेपाललाई थप एक स्वर्ण पदक दिलाएकी छिन् ।

कराँतेअन्तर्गत कुमतेमा ६८ केजी माथि तौल समूहमा मगरले पाकिस्तानी खेलाडी नरगिसलाई पराजित गर्दै स्वर्ण पदक नेपालको पक्षमा पार्न सफल भएकी हुन् ।

मगरले ६–३ ले खेल आफ्नो पक्षमा पारेकी छिन् । नरगिस एसियन गेम्सकी कास्य पदक विजेता समेत  हुन्।

१३ औं साग

विशेष