१३ औँ साग: साइक्लिङमा नेपालले जित्यो दुई स्वर्ण

काठमाडौँ । १३ औं दक्षिण एसियाली खेलकूद (साग) मा नेपालले थप दुई स्वर्ण जितेको छ ।
साइक्लिङ डाउनहिल्समा बुधबार भएको खेलमा पुरुषबाट नेपालका राजेश मगर र महिलातर्फबाट निश्मा श्रेष्ठले स्वर्ण जितेका हुन् ।
१ किलोमिटरमा भएको सो साइक्लिङ प्रतिस्पर्धामा नेपालकै निरव श्रेष्ठले रजत र जमुदा थापाले रजत पदक जितेका छन् ।