तपाईको आजको दिन कस्तो रहला ? हेर्नुहोस राशिफल
आज मिति २०७६ साल मङ्सिर महिनाको १९ गते बिहीबार, तदअनुसार सन् २०१९ डिसेम्बर ५ तारिख, तपाईका लागि आजको दिन कस्तो रहला ? हेर्नुहोस आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । दिन भाग्यशाली भएर देखा पर्नेछ । कूटनीतिक नियोगको सहयोग मिल्ला ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
लामो समयदेखि रोकिएका काम पुनः सुरु हुन सक्छन् l सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै वाहान लाभ हुने समय छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सामान हराउने वा चोरी हुने सम्भावना छ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ । मुद्दामामिला परिने सम्भावना रहेको छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
लामो समयदेखि रोकिएका काम पूरा हुनेछ । सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । वैदेशिक व्यापार र नोकरी गर्नेका लागि सन्तोषजनक रहनेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । आकस्मिक धन लाभ हुनेछ । मिहिनेत गर्दा अधिक प्रगति हुनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
बोलीको विपरीत अर्थ लाग्न सक्छ अलि सजक रहनुहोला । स्वास्थ्यमा गडबडी भई दैनिक कामकाजमा असर पर्नसक्छ । ठूलाबडाको आशीर्वादले भने रोकिएको काम बन्न सक्छ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ । धैर्य एवं लगनशीलताले विभिन्न अवसर दिलाउनेछ । नयाँ वस्त्र एवं अलङ्कारको प्राप्ति हुनेछ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
छोटो दुरीको लाभदायक यात्रा हुनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । सामाजिक मान प्रतिष्ठामा वृद्धि हुनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
तर्क, विवाद र प्रतिस्पर्धामा पकड भएको समय छ । एउटै आर्थिक कारोवारमा सफलता पाइएला । साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन् ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज बेला बेलामा मनमा अशान्ति तथा चञ्चलता आउन सक्छ । परिवारका लागि धेरै समय दिन पाइने छैन । सरकारी निकाएको भयपनि रहला ।
#Daily Horoscope