खेल

१३ औँ सागः पुरुष क्रिकेटमा आज नेपाल र भुटान भिड्दै

१३ औँ सागः पुरुष क्रिकेटमा आज नेपाल र भुटान भिड्दै

काठमाडौंः १३ औं दक्षिण एसियाली खेलकुद (साग) पुरुष टी–२० क्रिकेट अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले आज भुटानसँग खेल्दै छ ।

नेपाल–भुटानबीचको खेल नेपाली समयअनुसार बिहान ९ बजेदेखि कीर्तिपुर स्थित टियू क्रिकेट मैदानमा सुरु हुँदैछ ।

पहिलो खेलमा श्रीलंका–२३ सँग ६ विकेटले पराजित भएको नेपाल भुटनाविरुद्ध सहज जितको अपेक्षामा छ । भुटान पनि पहिलो खेलमा श्रीलंका–२३ सँग नै १ सय ७३ रनले पराजित भएको थियो ।  
 

नेपाल भर्सेस भुटान १३ औं साग साग पुरुष क्रिकेट

विशेष