१३ औं सागः भुटानविरुद्ध नेपाल ब्याटिङ गर्दै
काठमाडौंः १३ औं दक्षिण एसियाली खेलकुद (साग) पुरुष टी–२० क्रिकेट अन्तर्गत आफ्नो दोस्रो खेलमा भुटानविरुद्ध टस होरर नेपालले ब्याटिङ गरिरहेको छ ।
नेपाल–भुटानबीचको खेल नेपाली समयअनुसार बिहान ९ बजेदेखि कीर्तिपुर स्थित टियू क्रिकेट मैदानमा भइरहेको छ ।
पहिलो खेलमा श्रीलंका–२३ सँग ६ विकेटले पराजित भएको नेपाल भुटनाविरुद्ध सहज जितको अपेक्षामा छ । भुटान पनि पहिलो खेलमा श्रीलंका–२३ सँग नै १ सय ७३ रनले पराजित भएको थियो ।
भुटानविरुद्ध नेपालले २ खेलाडी परिवर्तन गरेको छ । युवा तीब्र गतिका बलर राशिद खानले डेब्यू गर्ने मौका पाएका छन् । आजको खेलमा सोमपाल कामी र अभिनाश बोहरालाई विश्राम दिइएको छ । उनको स्थानमा रोहित कुमार पौडेल र राशिदलाई मौका दिइएको हो ।
नेपालको प्लेइङ ११ः
ज्ञानेन्द्र मल्ल (कप्तान), पारस खड्का, दीपेन्द्र सिंह ऐरी, विनोद भण्डारी (विकेटकीपर), करण केसी, आरिफ शेख, पवन सरार्फ, ललित नारायाण राजवंशी, सुसन भारी, रोहित कुमार पौडेल र राशिद खान
नेपाल भर्सेस भुटान १३ औं साग पुरुष टी–२० क्रिकेट