खेल

टी–२० क्रिकेटमा कप्तान मल्लको पहिलो शतक

टी–२० क्रिकेटमा कप्तान मल्लको पहिलो शतक

काठमाडौंः १३ औं दक्षिण एसियाली खेलकुद (साग) पुरुष टी–२० क्रिकेट अन्तर्गत भुटान विरुद्धको खेलमा नेपाली क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लले शानदार शतक बनाएका छन् । उनले ८ छक्का र ५ चौकाको मद्दतमा ५३ बलमा शतक बनाएका हुन् ।

अन्तर्राष्ट्रिय टी–२० क्रिकेटमा उनको यो पहिलो शतक हो । साथै उनी नेपालबाट टी–२० अन्तराष्ट्रिय क्रिकेटमा शतक बनाउने दोस्रो खेलाडी बनेका छन् ।

नेपालले ओपनर पारस खड्कालाई ५७, रोहितकुमार पौडेललाई ६ रनमा गुमाएको छ । अघिल्लो खेलमा १ रनमै आउट भएका पारसले आज १ छक्का र ९ चौकाको मद्दतमा २८ बलमा ५७ रन बनाए ।

नेपाल–भुटानबीचको खेल कीर्तिपुर स्थित टियू क्रिकेट मैदानमा भइरहेको छ ।

पहिलो खेलमा श्रीलंका–२३ सँग ६ विकेटले पराजित भएको नेपाल भुटनाविरुद्ध सहज जितको अपेक्षामा छ । भुटान पनि पहिलो खेलमा श्रीलंका–२३ सँग नै १ सय ७३ रनले पराजित भएको थियो ।

भुटानविरुद्ध नेपालले २ खेलाडी परिवर्तन गरेको छ । युवा तीब्र गतिका बलर राशिद खानले डेब्यू गर्ने मौका पाएका छन् । आजको खेलमा सोमपाल कामी र अभिनाश बोहरालाई विश्राम दिइएको छ । उनको स्थानमा रोहित कुमार पौडेल र राशिदलाई मौका दिइएको हो ।

नेपालको प्लेइङ ११ः

ज्ञानेन्द्र मल्ल (कप्तान), पारस खड्का, दीपेन्द्र सिंह ऐरी, विनोद भण्डारी, करण केसी, आरिफ शेख, पवन सरार्फ, ललित नारायाण राजवंशी, सुसन भारी, रोहित कुमार पौडेल र राशिद खान ।

ज्ञानेन्द्र मल्ल टी–२० क्रिकेट भुटान भर्सेस नेपाल

विशेष