काउली खानुका फाइदाहरु
काउली धेरै मानिसको मन पर्ने सब्जी अन्तर्गत पर्छ । यसबाट विभिन्न परिकारहरु समेत बनाउन सकिन्छ जस्तै तरकारी, पकौडा, परौठा आदि इत्यादी । काउलीमा प्रसस्त मात्रामा फाइबर, भिटामिन, एन्टीअक्सिडेन्ट, मिनारल्स लगायतका तत्व पाइन्छ । जुन स्वास्थ्यका लागि अति नै उपयोगी छ । त्यस्तै काउली तामा, क्याल्सियम, पोटासियम जस्ता खनिज पदार्थको पनि राम्रो स्रोत हो ।
जान्नुहोस काउली खानुका फाइदाहरुका बारेमा
-काउली मधुमेहका रोगिकालागि अति नै लाभदायक छ । किनकि यसमा कार्बोहाइड्रेड र ग्लाईसेमिक इन्डेक्स अति नै कम हुन्छ।
-काउलीको रस पोलियोका लागि पनि फाइदाजनक छ। साथै गाजरको रसमा काउलीको रस मिसाई सेवन गर्नाले पनि विभिन्न फाइदा पुग्छ।
-काउलीको तरकारीले युरिन इन्फेक्सनको समस्या पनि कम गर्नमा मदत गर्छ।
-मुटुरोगीका लागि पनि अति नै फाइदाजनक छ काउलीको तरकारी।
-काउलीको पात ,डाठ तथा फुललाई चामल पखालेको पानीमा उमालेर खानाले पेट दुखाई कम हुन्छ।
Couliflower