१३ औँ सागः बंगलादेशले दियो माल्दिभ्सलाई २५६ रनको लक्ष्य

काठमाडौंः दक्षिण एसियाली खेलकुद् (साग) मा बंगलादेश महिला क्रिकेट टिमले माल्दिभ्सलाई २ सय ५६ रनको विशाल लक्ष्य दिएको छ । टस जितेर ब्याटिङ रोजेको बंगलादेशले निर्धारित २० ओभरमा २ विकेट गुमाएर २ सय ५५ रन बनायो ।
उसका लागि २ खेलाडीले शतक बनाए । निगार सुल्तानाले १४ चौका र ३ छक्काको सहयोगमा ६५ बलमा नटआउट ११३ रन बनाइन् ।
यस्तै बंगलादेशकी अर्की खेलाडी फरगाना होकले २० चौकाको मद्दतमा ५३ बलमा ११० रनको योगदान दिइन् । शमीमा सुल्ताना ५ र सञ्जिता इस्लाम भने ७ रनमा आउट भइन् ।
बलिङमा माल्दिभ्सकी शम्मा अलीले एक विकेट लिइन् । पहिलो खेलमा बंगलादेशले नेपालमाथि १० विकेटको जित हासिल गरेको थियो । माल्दिभ्स पहिलो खेलमा नेपालविरुद्ध १० विकेले पराजित भएको थियो ।
महिला क्रिकेट साग बंगलादेश भर्सेस माल्दिभ्स