Technology

यस्तो थियो विश्वको पहिलो मोबाईल फोन

यस्तो थियो विश्वको पहिलो मोबाईल फोन

 मानव इतिहासकै आजसम्मको महत्वपूर्ण बैज्ञानिक आविस्कारको रुपमा लिइन्छ मोवाइल फोनलाई लिने गरिन्छ।  बिज्ञानले हामीलाई अनौठो यस्तो उपकरण दिएको छ, जसको माध्यम बाट संसारको जुनसुकै कुनामा रहेका आफ्ना मानिसहरुसंग सजिलै जोडिन सक्छौं । सायदै यस्तो चामत्कारिक आबिस्कार अर्को नहोला ।  

बिज्ञानको यो महान उपलब्धी संगसंगै यसको उत्पादनको प्रतिस्पर्धा नै चलेको छ । आजभोली मानिसहरुले बिभिन्न ब्रान्डका मोबाइल फोनको प्रयोग गर्छन् ।

संसारमा मोबाइल फोन पहिलो पटक करिब ४५ वर्ष पहिला ३ अप्रिल १९७३मा प्रयोगमा आएको थियो । यसको पहिलो प्रयोग मोटोरोलाको पूर्व उपाध्यक्ष र डिभिजन म्यानेजर मार्टिन कूपरले गरेका थिए । त्यस समय कूपरले न्यूयोर्कको हिल्टन होटलमा संसारको पहिलो मोबाइल फोनबाट कल गरेर सबैलाई अचम्मित पारेका थिए ।

यस फोनको नाम मोटोरोला डायना टिएसी थियो । कूपरले डायना टिएसीको प्रयोग गर्दै बेल ल्याब्सको हेड अफ रिसर्चलाई कल गरेका थिए र त्यही बेलादेखि कम्युनिकेशन क्रान्ति शुरूवात भएको हो ।

'मोटोरोला डायना टिएसी' को लम्बाई १० इन्च र तौल एक किलो थियो। फोनको ब्याट्री २० मिनेटसम्म चलेको थियो । पूर्व नौसैनिक र इन्जीनियर कूपरले १९५२ मा मोटोरोला कम्पनीमा आबद्ध भएका थिए ।

अहिले मोबाइल प्रविधिले धेरै फड्को मारेको छ, मोबाइल फोन मिनी कम्प्यूटरको रुपमा प्रयोग हुन थालेको छ ।

मोबाईल फोन

विशेष