खेल

१३ औँ सागः तेस्रो खेलमा माल्दिभ्सविरुद्ध खेल्दै नेपाल

१३ औँ सागः तेस्रो खेलमा माल्दिभ्सविरुद्ध खेल्दै नेपाल

काठमाडौंः १३ औं दक्षिण एसियाली खेलकुद (साग) को पुरुष टी–२० क्रिकेट अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले आज माल्दिभ्सविरुद्ध खेल्दै छ ।

नेपाल र माल्दिभ्सबीचको खेल नेपाली समयअनुसार दिउँसो १ बजेदेखि कीर्तिपुर स्थित टियू क्रिकेट मैदानमा सुरु हुँदैछ ।

दोस्रो खेलमा भुटानलाई १ सय ४१ रनको फराकिलो रन अन्तरले हराएको नेपालले आज पनि त्यही लय राख्न चाहन्छ । जारी प्रतियोगितामा माल्दिभ्सले २ खेलेको छ । र, दुवै खेलमा पराजित भएको छ ।

नेपालले २ खेलमा एकमा जित र एक खेलमा हार बेहोरेको छ । नेपालले पहिलो खेलमा श्रीलंकाविरुद्ध ६ विकेटको हारको सामना गर्नु परेको थियो । 

माल्दिभ्सविरुद्ध नेपालको सम्भावित प्लेइङ ११ः

ज्ञानेन्द्र मल्ल (कप्तान)
पारस खड्का

दिपेन्द्र सिंह ऐरी
विनोद भण्डारी (विकेटकीपर)

करण केसी
आरिफ शेख

कुशल भुर्तेल
ललित नारायाण राजवंशी

सोमपाल कामी
सन्दीप जोरा
राशिद खान
 

नेपाल भर्सेस माल्दिभ्स पुरुष टी–२० क्रिकेट १३ औं साग

विशेष